Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : वर्षा र हिमपातको सम्भावना, पर्वतारोहणलाई सावधानी अपनाउन आग्रह

काठमाडौं । नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसकारण देशका विभिन्न भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभाग बताउँछ ।

हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077