Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कतार विश्वकपका लागि फ्रान्सको टोली घोषणा

काठमाडौं । साविक विजेता फ्रान्सको १० दिनपछि कतारमा सुरु हुने विश्वकप खेल्ने २६ सदस्यीय टीम घोषणा भएको छ। बुधबार राति फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले युवा खेलाडीको बाहुल्य भएको फ्रेन्च टिम घोषणा गरेका हुन् ।

म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफेल भरानले पनि फ्रेन्च टिममा समावेश भएका छन्। भरानसँगै आर्सनलमा उत्कृष्ट लयमा रहेका विलियम सालिबा पनि डेस्च्याम्पको रोजाईमा परेका छन्।

यस्तो छ टीम

गोलकिपर : अल्फोन्से एरियोला, हुगो लोरिस, स्टिभ मान्डन्डा

डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिम कोनाटे, जुलेस कोन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, डायोट उपामेकानो, राफेल भरान

मिडफिल्डर : एडुवार्डो कामाभिङ्गा, युसुफ फोफाना, माटेओ ग्वेन्डोजी, एड्रियन राबियो, औरेलिन चोआमेनी, जोर्डन भेरेटौट

फरवार्ड : करिम बेन्जिमा, किङ्ग्स्ले कोम्यान, ओसुमाने डेम्बेले, ओलिभर जिरुड, एन्टोइन ग्रिजम्यान, किलियान एम्बाप्पे, क्रिस्टोफर एन्कुन्कु

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077