Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लव नेतृत्वका ७५ जना नेताहरू एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यसहित ७५ नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर स्वागत गरेका हुन्।

कार्यक्रममा पार्टी अध्यक्ष नेपालले समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचनलक्षित कार्यक्रममा लाग्न निर्देशन दिएका छन् ।

नेपालले पार्टीका प्रत्यक्ष तथा समानुपातिकसहित वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्कासहित नेता तथा कार्यकर्तालाई नेपालले स्वागत गरेका हुन् ।

कार्यक्रममा लामाले कम्युनिष्ट पार्टीको रक्षा पुनर्एकीकरण एकीकृत समाजवादीबाट मात्र सम्भव भएको निष्कर्षसहित आफूहरू समाहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077