Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोरङ ३ ‘क’ मा कांग्रेसका उम्मेदवार मानबहादुर, एमालेका राईसँग प्रतिस्पर्धा हुने पक्का

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ ।

यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको हो ।

मानबहादुर लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।

यो सँगै अब काँग्रेसका लिम्बूले एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077