Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्वकपका लागि क्रोएसियाको टिम घोषणा

    विश्वकपका लागि क्रोएसियाको टिम घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 633
    SHARES

    काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्रोएसियाले टोली घोषणा गरेको छ ।

    साविक विजेता समेत रहेको क्रोएसियाले मंगलबार भेट्रान खेलाडी लुका मोडरिचलाई समावेश गर्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । मोडरिचले लगातार चौथो पटक विश्वकप खेल्न लागेका हुन् ।



    टोलीमा अनुभवी खेलाडीहरु इभान पेरिसिच, डेजान लोभरेन, मार्सेलो ब्रोजोभिक, आन्द्रे क्रमारिक, मारियो पासालिक,माटियो कोभासिच समावेश छन् । २०१८ सालमा रुसमा भएको विश्वकपमा उपविजेता बनेको क्रोउसिया त्यही नतिजा दोहोर्‍याउने लक्ष्यमा छ ।



    विश्वकपमा क्रोएसिया समूह ‘ई’ मा छ। यस समूहमा बेल्जियम, क्यानडा र मोरक्को छन् । क्रोएसियाले नोभेम्बर २३ मा मोरक्कोसँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार