Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अब मर्जर प्रक्रियामा रहेका कम्पनीको १५ दिन मात्रै सेयर कारोबार रोक्का

    अब मर्जर प्रक्रियामा रहेका कम्पनीको १५ दिन मात्रै सेयर कारोबार रोक्का

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 828
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर रोक्का हुने व्यवस्था खारेज गरेको छ ।

    बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी अब मर्जर हुँदा साधारण सेयरधनीको सेयर कारोबार एकिकृत कारोबार हुँदा १५ दिन मात्रै रोक्का हुने भएको छ ।



    त्यस्तै, मर्जर तथा प्राप्ति सम्बन्धमा प्रारम्भिक सम्झौतालगत्तै भने आधारभूत सेयरधनीको मात्रै कारोबार रोक्का हुने भएको छ।



    सञ्चालक समितिले मर्जर र प्राप्ति सम्बन्धमा प्रारम्भिक समझदारी गरेको दिन वा भोलिपल्टको कारोबार समयअघि यस्ता सेयर धनीको कारोबार रोक्का राख्न सम्बन्धित सूचीकृत कम्पनीले बजार सञ्चालक (नेप्से) र केन्द्रीय निक्षेप सेवा प्रदायकमा जानकारी गराउनु पर्ने व्यवस्था निर्देशिकाले गरिएको छ।

    सम्बन्धित संस्थाबीच मर्जर र प्राप्ति प्रस्ताव गरिएको साधारण सभा सम्पन्न नहुँदासम्म यस्ता सेयरधनीको कारोबार रोक्का राख्नु पर्ने भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार