Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले दिए आवेदन

    धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले दिए आवेदन

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 456
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् ।

    अर्थ मन्त्रालयले फागुन १६ गते अध्यक्ष पदमा नियुक्तिको लागि आवेदन माग गरेकोमा अन्तिम दिन बुधबारसम्म १९ जनाले आवेदन दिएका हुन् ।



    आवेदन दिनेमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बोर्डमा निमित्त प्रमुख डा नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्कीको आवेदन परेको छ ।



    त्यस्तै, नेप्सेका पूर्व सिइओ सिताराम थपलिया, नेपाल बैंकका पूर्व सिइओ कृष्ण बहादुर अधिकारी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी, डा. केशब प्रसाद श्रेष्ठ, मुक्ति अर्याल, बिमल तिवारि, प्रबिण पन्दाक, रघु काफ्ले लगायतले आवेदन दिएका छन् ।

    अध्यक्षको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ । आवेदन दिने मध्येबाट अर्थ मन्त्रालयले तीनजना उम्मेदवारलाई अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषदमा लैजानेछ । मन्त्रिपरिषद बैठकले उनीहरुमध्ये एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार