Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सीमित कार्य गर्न पाउने गरि थप ११ वटा संस्थाले पाए ब्रोकर लाइसेन्स

    सीमित कार्य गर्न पाउने गरि थप ११ वटा संस्थाले पाए ब्रोकर लाइसेन्स

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 630
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर कारोबारका लागि थप ११ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन्। धितोपत्र बोर्डको बिहिबार बसेको संचालक समिति बैठकले ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो।

    बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रा.लि., आकाशभैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रा.लि., एस्.पी.एस्.ए. सेक्युरिटिज, एन.एम.बि. सेक्यूरिटिजले लाइसेन्स पाएका छन् ।



    त्यस्तै, लाइसेन्स पाउनेमा सानिमा सेक्यूरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।



    योसँगै सेयर कारोबारका लागि लाइसेन्स पाउने कम्पनीको संख्या ८० पुगेको छ।

    हेर्नुहोस् सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार