Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचनको विरोधमा विप्लवद्धारा विरोध प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

मंसिर ४ को निर्वाचन खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक कम्युनिस्ट पार्टी र नेकपा सम्मेलित तीन कम्युनिस्ट पार्टीले शान्तिबाटिकामा भण्डाफोर सभा गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन दलाल पूँजीपति संसदीय व्यवस्था भएको आरोप लगाउदै चुनावको भण्डाफोर कार्यक्रम गरेको हो ।

सो पार्टीका अनुसार मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ ।

खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ ।

यसबाहेक जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077