Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - सत्ता गठबन्धन देशको आवश्यकता बनेको छ, संकोच नमानी हाम्रो पक्षमा लाग्‍नुस्

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै संकोच नमानी गठबन्धनको पक्षमा लाग्न आग्रह गरे गरेका छन् ।

गोरखा जिल्ला अजिरकोट गाउँपालिका-३, भच्चेकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले देशमा ठूला राजनीतिक परिवर्तन जय नेपाल र लालसलाम मिलेर नै भएको बताए । उनले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेदेखि नै कांग्रेस र माओवादीको सहकार्य भएको बताए ।

प्रचण्डले भने, ‘कांग्रेस र माओवादी मिलेर नै देशमा शान्ति र परिवर्तन भएको हो । गिरिजाप्रसाद कोइराला र मैले शान्ति प्रक्रियामा

एउटै पानामा हस्ताक्षर गरेपछि एकले अर्कालाई त्यही बेलामा स्वीकारेका हौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा भएको हो ।’

प्रतिक्रियावादीहरूले देशमा जातीय द्वन्द्व फैलाउन खोजेको उनको आरोप थियो ।

उनले भने, ‘गठबन्धन निर्वाचनको लागि मात्रै भएको होइन । संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ । यो राष्ट्रको आवश्यकता बनेको छ ।’

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको प्रचण्डको आरोप छ । उनले अहिले पनि संविधानविरुद्ध शक्तिहरू सक्रिय भएर टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077