Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गोरखा पुगेर प्रचण्डले भने - अबको ५ वर्षभित्र गोरखालाई पर्यटकीय केन्द्र बनाउछौं

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ५ वर्षभित्र गोरखाका कच्ची सडक कालोपत्र गरिने बताएका छन्।

जिल्लाको भच्चेकमा आज भएको कोणसभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले धुलो, हिलो र खाल्डाखुल्डी भएका सडक भई आफू निर्वाचन क्षेत्रका गाउँ-गाउँ पुगेकोले अबको ५ वर्षभित्र गोरखालाई पर्यटकीय केन्द्र बनाउने पनि बताए।

विदेशी पर्यटकसमेत भच्चेक क्षेत्रमा आउने वातावरण बनाउन आफूले भूमिका खेल्ने उनको भनाइ थियो। उनले आफूलाई विजयी गराएर पठाएमा सिंगो गोरखा जिल्लाको विकास निर्माणमा लाग्ने बताए।

उनले भने, ‘संविधान रक्षाको साथै आर्थिक समृद्धिका लागि अहिले गठबन्धन गरिएको हो। मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो ।’ उनले कांग्रेस र माओवादीबीच सहमतिपछि देशमा शान्ति आएको पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077