Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गृह जिल्ला पुगेर ओलीले भने – सत्ता गठबन्धनका नेता ‘लाइभ डिबेट’ गर्नबाट भागे

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सार्वजनिक बहस लाइभ डिबेट गर्न आह्वान गर्दा सत्ता गठबन्धनका नेताहरू भागेको टिप्पणी गरेका छन्।

गृहजिल्ला झापाको सुरुङ्गामा बिहीबार चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘देशका लागि के गर्ने भनेर गठबन्धनका नेतासँग बहस गर्न चाहन्छु। सार्वजनिक बहस गरौँ।

एमाले के गर्न चाहान्छ म भन्छु, गठबन्धन के गर्न चाहन्छ तपाईँहरू भन्नुहोस्, सँगै बसेर छलफल गरौँ भनेको उहाँहरूको भागरेभाग भयो । बहस गर्न तयार हुनुभएन।

बहस गर्नु हुन्न उहाँहरू, किनभने उहाँहरूसँग बहस गर्ने अजेन्डा नै छैन। देश बनाउने मुद्दा छैन। यो गठबन्धन नै देश बिगार्ने उद्देश्यले बनेको हो।’

उनले गठबन्धनका नेताहरूसँग बहस गर्ने अजेन्डा नभएकाले भागेको आरोप लगाए। ओलीले कात्तिक १ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077