Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तत्कालीन गाउँपालिका अध्यक्ष रावलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतलगायत ७ जनाले सरकारी सम्पत्तिमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत ओमसतियामा मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानमध्ये

आधा रकम गाउँपालिकाका अध्यक्षकी भाउजु दुर्गादेवी केवटको नाममा रहेको सहानी समिलको नाममा दर्ता भोगचलन गराएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।

ओमसतिया गाउँपालिकाका निवर्तमान अध्यक्ष हिरा केवट (रावल) र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गाउँपालिकाका तत्कालिन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यवसायिक माछा

ब्लक सञ्चालक समितिका तत्कालिन अध्यक्ष उमेश केवट, सचिव नरेन्द्र प्रसाद चौधरी र सहानी समिल सञ्चालक दुर्गावती केवट विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तानतरण र मोटरसाइकल खरिद लगायतमा परेको उजुरीका आधारमा गरेको अनुसन्धानपछि अदालतमा विगो दावीसहित आरोपपत्र दायर गरेको हो ।

उनीहरुबाट प्रतिव्यक्ति २० लाख ७५ हजार विगो मागदावी गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077