Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घुस लिएको आरोप लागेकी हवल्दार श्रेष्ठलाई विशेष अदालतले दियो सफाई

काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीन जनाले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन् ।

न्यायाधीशहरु यमुना भट्टराई, बालचन्द्र वास्तोला र खुशीप्रसाद थारुको इजलासले उनीहरुलाई सफाई दिने फैसला सुनाएको हो । हिरासतमा रहेको व्यक्तिसँग घुस लिएको आरोप लागेकी श्रेष्ठसहित तीन जनालाई विशेष अदालतले सफाई दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीन जनाविरुद्ध २०७८ असार ३१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनि ६० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077