Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पाँच हजार घुस लिने मालपोतका कार्यालय सहयोगीविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौं तह) होमनाथ खतिवडाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए।

घुसवापतको रकम पाँच हजार रुपैयाँ मात्रै भए पनि खानतलासी गर्दा उनको साथमा तीन लाख १८ हजार छ सय रुपैयाँ भेटिएको थियो।

पक्राउका क्रममा बरामद भएको रकममध्ये दुई लाख ६१ हजार रुपैयाँ स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077