Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

देउवा र प्रचण्ड एमालेविरूद्ध नक्कली मित लगाएर हिँडेको ओलीको आरोप

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नक्कली मित लगाएको बताएका छन् ।

झापाको सुरूङ्गामा बिहीबार भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

कांग्रेस र माओवादीबीचको गठबन्धनलाई ओलीले नक्कली मितको संज्ञा दिए ।

‘देउवाले प्रचण्डजीको टाउकाको मूल्य ५० लाख तोकेका थिए। प्रचण्डको पार्टीले देउवाजीलाई मार्न बम हानेको थियो। प्रचण्डलाई काँधमा बोक्न लेखेको रहेछ देउवा बाँचे, ओलीले भने, ‘आज दुई जना एमालेविरूद्ध नक्कली मित लगाएर हिँडेका छन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077