Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यालयमा चुनावी सभा किन गरेको भन्दै आयोगले सोध्यो मन्त्री बडूलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई स्पष्टीकरण सोधेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर उच्च माविमा चुनावी सभा आयोजना गरेको भन्दै आयोगले बडूलगायत उम्मेदवार र सो विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले चुनावी सभाका विषयमा दार्चुला १ (१) मा प्रदेशसभाका नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी प्रधानाध्यापक धनञ्जय जोशीसँग स्पष्टीकरण माग गरेको हो ।

त्यस्तै दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न र प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।

आयोगले मन्त्री बडूलाई सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्षमा प्रयोग गर्न नहुने निर्वाचन आचारसंहिताको व्यवस्था सम्झाएको छ । र आचारसंहिता उल्लंघनको विषयमा २४ घण्टाभित्र स्ष्टीकरण दिन भनिएको छ ।

विद्यालयका प्रधानाध्यापक जोशीलाई चुनावी सभालाई विद्यालय प्रयोग गर्न दिनुको कारण माग गर्दै कारबाही गर्न नपर्ने कारण भए पेश गर्न भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077