Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार ९ प्रतिशत मात्रै

    प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार ९ प्रतिशत मात्रै

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 612
    SHARES

    काठमाडौं । आगामी मंसिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता ९ प्रतिशत मात्रै रहेको छ ।

    जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा ९ प्रतिशतमा खुम्च्याइएको भन्दै महिला नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।



    राजनीतिक दलहरूले प्रत्यक्षमा वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने र महिलाले जित्न नसक्ने भन्दै महिलालाई टिकट नदिने गरेको महिला नेताहरूको गुनासो छ ।



    दलहरूले भने संविधानमै सुरक्षित ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था समानुपातिक प्रणालीबाट पूर्ति गर्नेगरी प्रत्यक्षमा महिलालाई कम ठाउँमा प्रतिस्पर्धा गराएको बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार