Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • यी हुन् समानुपातिकमा ५ हजारभन्दा कम मत ल्याउने १० पार्टी

    यी हुन् समानुपातिकमा ५ हजारभन्दा कम मत ल्याउने १० पार्टी

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 702
    SHARES

    काठमाडौं । आम निर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकमा १० राजनीतिक दलले पाँच हजार मत समेत कटाउन सकेका छैनन् ।

    निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार समानुपातिकतर्फ पाँच हजार मत नकटाउनेमा विवेकशील साझा पार्टी पहिलो नम्बरमा छ । विवेकशील साझाले ४ हजार ३९ मत पाएको छ ।



    यस्तै, एकीकृत शक्ति नेपालले ३ हजार ७७६ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ६९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३ हजार ४०४ मत, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३ हजार ३३२, मौलिक जरोकिलो पार्टीले ३ हजार २३५ मत ल्याएको छ ।



    नेपाल समावेशी पार्टीले २,९५२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २ हजार १९१, राष्ट्रिय नागरिक पार्टी २ हजार १४३, नेश्‍नलिष्ट पिपल्स पार्टीले २ हजार १५ मत प्राप्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार