Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जसपाद्वारा समानुपातिक सांसदमा मञ्जु अन्सारी सिफारिस

    जसपाद्वारा समानुपातिक सांसदमा मञ्जु अन्सारी सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 465
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मञ्जु अन्सारीलाई तिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ ।

    बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद सहनाज रहमानको निधन भएपछि रिक्त पदमा मञ्जु अन्सारीलाई पठाउने निर्णय गरेको हो ।



    जसपाबाट समानुपातिक सांसद शहनाज रहमानको गत फागुन १३ गते हृदयाघातबाट निधन भएको थियो।



    रहमान मुस्लिम क्लस्टरबाट समानुपातिक सांसद बनेकी थिइन्। रिक्त पदमा मुस्लिम क्लस्टरको बन्दसूचीबाट दोस्रो नम्बरमा रहेको नाम पठाउनुपर्ने व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार