Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यी हुन् प्रदेश १ को प्रदेशसभाका समानुपातिक सांसद [सूचीसहित]

    यी हुन् प्रदेश १ को प्रदेशसभाका समानुपातिक सांसद [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 663
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूको विवरण सार्वजनिक गरेको छ ।

    आयोगले बुधबार पत्रकार सम्मेलन गरेर संघ र प्रदेश दुवैतिरको समानुपातिक निर्वाचित सासंदहरुको विवरण सार्वजनिक गरेको हो।



    प्रतिनिधि सभाका ११० र प्रदेशका २२० सिटमा समानुपातिक सांसद निर्वाचित हुने व्यवस्था छ । यसैगरी आयोगले बुधबार सार्वजनिक गरेको विवरणमा प्रदेश नम्बर १ को प्रदेशसभामा समानुपातिकतर्फबाट ३७ जना निर्वाचित भएका छन् ।



    निर्वाचन आयोगले बुधबार एमालेका १५, कांग्रेसका १२, राप्रपाका ४ सांसदलाई निर्वाचित भएको घोषणा गरेको हो । यसैगरी माओवादी केन्द्रका ४, जनता समाजवादी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीका १–१ सांसद पनि समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार