Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति भण्डारी भन्छिन् - फाल्गुनन्दले देखाएको बाटो हिँडे राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेकी हुन् ।

'महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो', सन्देशमा भनिएको छ,'उहाँले देखाएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।'

सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उनले दिएको मार्गनिर्देशन अनुसरणीय रहेको र उनले अपनाएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ भन्ने उनले विश्वास लिएको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077