Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना, चिसो पनि बढ्यो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण देशभर चिसो बढेको छ । काठमाडौंसहित तराईका जिल्लामा बिहान हुस्सु कुहिरो लाग्न थालेको छ ।

हिजोभन्दा आज काठमाडौंको न्यूनतम तापक्रम घटेको छ । हिजो ११ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि घट्न थालेकाले देशभर नै चिसो बढेको छ ।

हिमाली भू–भागका थोरै स्थानमा आज हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बाग्मती, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ ।

प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा र हिमाली जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रामा जाँदा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

विस्तारै तापक्रममा घट्दै जाँदा चिसो बढेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्नेमा विभागको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077