Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रकाशमानलाई मत माग्दै घरदैलोमा बाबुराम, भन्छन् - सिंह योग्य र स्वच्छ छविको व्यक्ति हुन्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई कांग्रेसका नेता प्रकाशमान सिंहलाई मत माग्दै घरदैलोमा पुगेका छन् ।

आज बिहान काठमाडौं १ मा सत्ता गठबन्धनका उम्मेदवार सिंहसँगै भट्टराई पनि मत माग्दै घरदैलोमा पुगेका हुन् ।

सिंहलाई मत माग्ने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरे ।

उनले काठमाडौं क्षेत्र नम्बर १ का सन्दर्भमा सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको भन्दै मत दिन सबैमा अपिल गरे । ‘अहिलेको निर्वाचन बिशिष्ठ छ । सामान्य अबस्थामा दलहरुबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ,’उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’

त्यस्तै सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गरे । उनले तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयताको महसुस हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077