Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मंसिर ४ को चुनाव परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ मा हुने निर्वाचन विकास र शान्तिलाई रोक्नेबीचको जनमत संग्रह भएको बताएका छन् ।

गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले परिवर्तनका पक्षधर र विरोधीबीचको लडाईं भएकाले परिवर्तनका पक्षधरले जित्नुपर्ने बताए ।

उनले गोरखाबाट राष्ट्र निर्माणको नयाँ थालनी गर्न आफू गोरखा आएको भन्दै राष्ट्रिय एकताका साथै विकास र सम्बृद्धिको भुमिका पनि गोरखाले खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘मंसिर ४ गते जनमत संग्रह हुदैछ । एकथरी मान्छेहरु अर्को गठबन्धन बनाएर राजालाई फेरि फिर्ता ल्याउनुपर्छ भन्नेपनि छन् ।

हामी यो संविधानको रक्षा गरेर अघि बढ्ने पक्षमा छौ । राष्ट्रलाई अघि बढाउन चाहने, शान्तिलाई अघि बढाउन चाहने,विकास र सम्मृद्धितिर देशको नेतृत्व गर्न चाहनेहरुको गठबन्धन छ भने अर्कातिर यसलाई उल्ट्याउन चाहनेको छ ।’

उनले अहिले लोकतन्त्र, शान्ति र संविधान जोगाउन यो पनि गठबन्धनलाई विजयी बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077