Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भन्सार छलीका दुई गाडीसहित ओझा पक्राउ

काठमाडौं । प्रहरीले भन्सार छलि चोरी पैठारी गरी ल्याइएका सवारी साधनसहित एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका-९, पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा भन्सार छली चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्री गर्ने उद्देश्यले राखिएको सूचनाका

आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टोली सवारीसाधनसहित फेला पारेको थियो।

पलासेबाट टोएटा कम्पनीको कार १ थान र सुर्यविनायक नगरपालिका-८ आदर्शचोकबाट फोर्ड कम्पनीको जीप एक थान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बरामद सवारीसाधन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077