Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गोरखा पुगेर प्रचण्डले भने - संविधान धरापमा परेपछि सत्ता गठबन्धन बनेको हो

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र विरोधीहरूबाट संविधान धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको बताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार समेत रहेका अध्यक्ष प्रचण्डले संविधानको रक्षाका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताएका हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए । ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो ।

उनले नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077