Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोटी भूकम्पबाट पीडितलाई एनआरएनएले पाँच लाख रुपैयाँ सहयोग गर्ने

काठमाडाै‌ं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाइ आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको भएका छन् भने ८ जना घाईते भएका छन्।

गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077