Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिविका सबै क्याम्पसहरु मंसिर १ देखि ५ गतेसम्म बिदा हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर १ गतेदेखि ५ गतेसम्म सबै क्याम्पस तथा कार्यालयमा बिदा दिने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका कारण त्रिविले सबै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको हो ।

निर्वाचनका लागि मतदान केन्द्र राखिएका कतिपय क्याम्पसरकार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएका र मत गणना केन्द्र समेत राखिएकाले बिदा दिने निर्णय भएको त्रिविले जनाएको छ। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँएसँगै कतिपय विद्यार्थी प्रचारप्रसारमा लागेका छन्।

त्यस्ता विद्यार्थीहरूले चुनावको समयमै जाडो बिदा दिन आग्रह गरेका थिए भने प्राध्यापकहरूले जाडोको समयमै जाडो बिदा दिनुपर्ने अडान राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077