Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • युएईसँग खेल्ने एक दिवसीय सिरिजका लागि नेपाली टोली घोषणा

    युएईसँग खेल्ने एक दिवसीय सिरिजका लागि नेपाली टोली घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 897
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले तीन एक दिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

    संयुक्त अरव इमिरेट्स (यूएई)विरुद्ध घरेलु मैदानमा हुने खेलका लागि शुक्रबार साँझ क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।



    टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, करन केसी, सोमपाल कामी, कुसल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी रहेका छन् ।



    यस्तै आशिफ शेख, भिम सार्की, कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल आलम, अर्जुन साउद र गुल्सन झा पनि टोलीमा परेका छन् । भने यसअघि केन्या भ्रमणमा टोलीमा परेका सन्दीपसँगै देव खनाल, पवन सर्राफ, साहव आलम, किशोर महतो, विवेक यादव र वसिर अहमद टिमबाट बाहिरिएका छन् ।

    नेपालले आगामी साता तीन एकदिवशीय सिरिज खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा पहिलो खेल सोमबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार