Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज कार्तिक २६ गते शनिवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल कार्तिक २६ गते शनिवारको राशिफल ।

मेष

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । पुँजी बजारको लगानी कमजोर हुनसक्छ ।

मिथुन

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।

सिंह

आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

तुला

आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनु

आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार पनि आउन सक्छ ।

कुम्भ

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्ममा मन जानेछ ।

बृष

वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा समेत चल्नेछ ।

कर्कट

आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । शेयर बजारमा लगानी गर्नु उपलब्धीमूलक नहोला ।

कन्या

सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

बृश्चिक

आज लाभहानी, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

मकर

आज आफूले गरेका कामबाट राम्रै लाभ हुनेछ । राजनैतिक सफलता मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मीन

नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077