Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ताप्लेजुङमा अटोरिक्सा दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

ताप्लेजुङ । ताप्लेजुङमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको फुङलिङ नगरपालिका-८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ हिंडेको १-००२-००३ ह ३९०० नम्बरको अटो दोखुको नाम्लेपाटी माथि घ्याङ डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा पाथीभरा याङ्वर गाउँपालिका वडा नम्बर–१ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ–८ दोखुका ११ वर्षका इशान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै घाइते अटो चालक गङ्गाराम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरु उपचारका लागि काठमाण्डौ हिँडेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077