Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चुनावी सभा सम्बोधन गर्न धनगढी पुगे एमाले अध्यक्ष ओली

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम पुगेका छन्।

शनिबार बिहान १२ बजे ओली सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको कैलालीको धनगढी ओर्लिएका हुन्। श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी आएका छन्।

अध्यक्ष ओलीले आज केहीबेरमै डोटीको दिपायलमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। ओली केहीबेरमा धनगढीबाट डोटीतर्फ जानेछन्।

यस्तै त्यहाँबाट फर्केर कैलालीस्थित गोदावरीको अत्तरिया र लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई पनि ओलीले सम्बोधन गर्ने छन्।

गोदावरीको अत्तरियामा २ बजे र लम्की चुहाँको लम्कीमा ४ बजे आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ। यसअघि १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077