Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै संविधान सम्भव भएको हो : प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ संविधान सम्भव भएको बताएका छन् ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार समेतख रहेका प्रचण्डले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले अब रुखले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा मतदान गर्न हिच्किचाउनु नपर्ने बताए । अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुवै दल मिलेर नै गर्न सहज हुने बताए ।

उनले भने, 'अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।'

अध्यक्ष दाहालले लामो समयदेखि बन्द रहेको पालुङटार एअरपोर्ट भिन्न रूपमा सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077