Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आलेप्रति ओलीको कटाक्ष - छाडा बोलेर डोट्याली भाषा र संस्कृतिकै बेइज्जत गरे

डोटी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले चितवनमा मात्र नभएर अब डोटीमा पनि रुखमा भोट हाल्नबाट कांग्रेस कार्यकर्तालाई वञ्चित गरेको बताएका छन् ।

चुनावी आमसभाका क्रममा डोटीको सदरमुकाम दिपायलमा पुगेका ओलीले यस्तो बताएका हुन् । रुखमा भोट हाल्नबाट कार्यकर्तालाई वञ्चित गरेको भन्दै कांग्रेस सुधार्न एमालेलाई मत दिन आग्रह गरे ।

उनले वीरबहादुर बलायरतर्फ संकेत गर्दै आफ्नो नेतालाई हार्नका लागि कैलालीतिर झारेर अराजक र अश्लील बोल्ने व्यक्तिलाई टिकट दिएको आरोप लगाए ।

अध्यक्ष ओलीले डोटीमा पहिलो पटक सशक्त महिला उम्मेदवार गौरी वलीलाई जिताएर पठाउन आग्रह गरे ।

यस्तौ ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको भन्दै अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरे।

ओलीले भने,'मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरे ।

सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे । मन्त्रीको भाषा हेर्नुभयो ? यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टीबाट उम्मेदवार बनेको सुनियो ।

त्यस्ता विश्वासघाती,पार्टीको माया नगर्ने, विकासको मतलब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गराउनुस् ।'

ओलीले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पुर्‍याउन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077