Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : देशका हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू(भागमा भने मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू(भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077