Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

शान्ति र मेलमिलापको सन्देश दिन देउवा र प्रचण्ड हलेरी जाँदै

रोल्पा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रोल्पाको हलेरीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

तत्कालीन माओवादीले यही हलेरीबाट २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । आज आइतबार यहाँ हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै देउवा र प्रचण्डले शान्तिको सन्देश दिन लागेका हुन् ।

जनयुद्ध घोषणा गरिएको झण्डै २७ वर्षपछि शान्ति र मेलमिलापको सन्देश दिन देउवा र प्रचण्डले हलेरीको सभालाई सम्बोधन गर्न लागेको माओवादीका उपमहासचिव एवं रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार बर्षमान पुनले बताएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा बर्षमान पुन गठबन्धनको तर्फबाट साझा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077