Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोजपुरमा वडाअध्यक्षबाटै कुटिए वृद्ध

भोजपुर । भोजपुर नगरपालिका-१ का वडाअध्यक्षको कुटाइबाट एक वृद्ध घाइते भएका छन् । वडाध्यक्ष जिरामणि राईले ६२ वर्षीय लोकबहादुर राईलाई कुटेका हुन् ।

भोजपुर-१ डाँडाबोखिमको मिलडाँडामा छोरा सुगेन राईले लगेको २० हजार नतिरेको भन्दै जिरामणि दम्पतीले लोकबहादुरलाई कुटपिट गरेका हुन् ।

लोकबहादुरको देब्रेपट्टिको कानको जालीमा असर परेको र टाउकोको चोटबाट रगत बगेको पारिवारिक स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, भोजपुरले चुनावपछि आउनु भन्दै जाहेरी लिन नमानेको पीडितले बताए ।

राजनीतिक दबाबमा परेर प्रहरीले दोषी उम्काउने प्रयास गरेको आरोप उनीहरूको छ । गत बैशाखमा भएको स्थानिय तहको चुनावमा जिरामणि माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077