Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

२८ वर्ष सरकारमा बस्दा पनि कांग्रेसले काम गर्न सकेन : ओली

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशको स्वाधीन अर्थतन्त्रका लागि बनेको पार्टी एमाले भएको बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न दैलेखको जम्बुकाँध पुगेका ओलीले यस्तो बताएका हुन् । एमाले जनताका नाममा आतङ्क मच्चाउने पार्टी नभइ देशमा विकास र समृद्धि ल्याउने पार्टी रहेको ओलीको भनाई छ ।

ओलीले पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई के काम गर्नुभयो ?भन्दै प्रश्न गरे । उनले आफ्नो पार्टीले नै सबै काम गरेको दाबी गरे । उनले देउवा गृहमन्त्री हुँदा मान्छेहरू मारेको आरोप लगाए ।

उनले भने,‘ देउवाले के गर्नुभयो ? गृहमन्त्री हुँदा सर्वसाधारण १२२ जनालाई गोली हानेर हत्या गर्नुभयो । ५० प्रतिशत एमाले कार्यकर्तालाई पक्राउ गर्नुभयो ।’

ओलीले कांग्रेसले २८ वर्ष सरकारमा बस्दा एउटा कुनै काम गर्न नसकेको आरोप लगाए । पञ्चायत फालेर बहुदलीय व्यवस्था आएपछि देउवा गृहमन्त्री भएको आफू कम्तीमा ५० पटकभन्दा धेरै गिरफ्तार भएको दाबी गरे।

उनले शान्तिपूर्ण रूपमा बसिरहेका १२२ जनालाई गोली हानेर हत्या आरोप लगाए। संविधान मिचेर प्रतिगमन देउवाले गरेपछि आफूहरूले आन्दोलन गरेर यो अधिकार फिर्ता ल्याएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077