Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दाइजोको निहुँमा नेहालाई परिवारको यातना, छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र

काठमाडौं । महोत्तरी औरहीनिवासी नेहा चौधरीको घटनाको छानबिन गरी दोषीलाई कानूनी कारबाहीको माग गर्दै मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

आयोगले उजुरी प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सो घटनामा के कसो भएको हो छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडि बढाउन र सो बारे आयोगलाई पनि जानकारी गराउन पत्रमा भनिएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत डाक्टर पंकच चौधरीले आफ्नो श्रीमतीलाई चरम शारीरिक र मानसिक यातना दिएको उल्लेखसहितको उजुरी आयोगमा उजुरी परेको छ ।

करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डाक्टर चौधरीसँग विवाह भएको र दाइजोको नाममा नेहालाई तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेपछि छानबिनका लागि प्रधान कार्यालयलाई पत्राचार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077