Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काँकडभिट्टा नाकाबाट भन्सार छलीका २५ मोबाइल र १३ थान घडी बरामद

झापा । प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब १३ लाख मुल्य बराबरको एप्पल कम्पनीका मोबाइल र घडी बरामद गरेको छ ।

प्रहरीले मेचीनगरको काँकडभिट्टा नाकाबाट भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको मोबाइल र घडी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट एप्पल कम्पनीका २५ वटा पुराना आइफोन र एप्पल कम्पनीका १३ थान घडी बरामद गरेको थियो।

प्रहरीलाई देख्ना साथ तस्करले मोबाइल र घडी छाडेर भागेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको मोबाइल ६ लाख २५ हजार र घडी ६ लाख ५० हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077