Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीलाई कार्यकर्ताको प्रश्न - भीम रावल खै ?, रावलको माया मान्ने भए अछाम जानुस् : ओली

दैलेख । नेकपा एमालेको चुनावी आमसभामा नेता भीम रावलको खोजी हुन थालेपछि अध्यक्ष केपी शर्मा ओली हैरान भएका छन् ।

आइतबार दैलेखमा आयोजित चुनावी सभामा पनि ओली सम्बोधन गर्ने क्रममा नेता रावलको खोजी भएको थियो । तर अध्यक्ष ओलीले कार्यकर्तालाई चुप लागेर बस्नुस् भन्दै जवाफ फर्काए ।

कार्यकर्ताले अध्यक्ष ओलीलाई ‘भीम रावल खै’ भन्दै प्रश्न गरे । पटकपटक कार्यकर्ताले भीम रावल भनेपछि ओली झोक्किए। भीम रावलको नाम लिनेहरुलाई ओलीले जवाफ फर्काए, ‘चुप लागेर बस्नुस्। भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्।’

यसअघि कञ्चनपुरको चुनावी सभामा पनि कार्यकर्ताले ओलीलाई नेता रावलको बारेमा सोधेका थिए । भीम रावल अछाम १ बाट प्रतिनिधिसभाको उम्मेदवारका आकांक्षी थिए। उनलाई टिकट नदिइएको भन्दै कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई प्रश्न गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077