Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले र गठबन्धनका कार्यकर्ताबीच दार्चुलामा कुटाकुट, एकजना गम्भीर घाइते

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा आइतबार दिउँसो सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

चुनाव प्रचारका क्रममा विवाद हुँदा उनीहरुबीच दोहोरो झडप भएको हो ।

झडपमा परेर गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमणबाट घाइते धामीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । उनको टाउकोमा रड प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077