Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इस्तानबुलमा बिस्फोट हुँदा चार जनाको मृत्यु, कम्तिमा ३८ जना घाइते

एजेन्सी । इस्तानबुलको ऐतिहासिक तथा व्यस्त इस्तिकलाल स्ट्रिटमा भएको विस्फोटमा हताहती हुँदा चार जनाको मृत्यु भएको छ ।

विस्फोटमा मर्नेको संख्या चार पुगेको र झन्डै ३८ जना घाइते भएको सहरका गभर्नर अली यरलिकायाले जनाएका छन् ।

विस्फोटको कारण एकिन नभएकोले इस्तानबुल सहरको सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको छ ।

छानबिन टोलीमा पाँच जना सरकारी वकिल नियुक्त गरिएको कार्यालयका संचार निर्देशकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077