काठमाडौं । पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढ्न थालेको छ । तापक्रम घट्दा चिसो भने बढ्दै गएको छ । हिमाली भू–भागमा हिमपात सुरु भइसकेको छ । जसका कारण चिसो बढ्न थालेको हो ।
आज हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रामा जाँदा ध्यान दिन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । अहिले बिहान भने काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।