Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जी-२० सम्मेलनमा बाइडेन र सीको आज वार्ता हुँदै 

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जाे बाइडेनबिच आज वार्ता हुने भएको छ।

इन्डोनेसियाको बालीमा आयोजना भइरहेको जी-२० सम्मेलनका क्रममा दुई राष्ट्र प्रमुखबिच छलफल हुन लागेको हो।

जनवरी २०२१ मा बाइडेनले पदभार ग्रहण गर्नुअघि दुई जनाबीच भेट भएको थियो। त्यसपछि धेरै पटक फोनमा वार्ता गरेका थिए। तर, कोभिड १९ महामारी र सीको विदेश यात्रा रोकिएपछि उनीहरूबीच भेट हुन सकेको थिएन। त्यसैले पनि आजको वार्तालाई महत्वका साथ हेरिएको छ।

यो भेटका क्रममा ताइवानको एजेन्डाबारे पनि छलफल हुने बाइडेनले बताइसकेका छन्। उक्त विषयमा सीसँग गहन छलफल हुने र समाधानका उपाय निकाल्ने प्रयास गर्ने उनले बताएका छन्। तर, चीनले यसबारेमा केही खुलाइसकेको छैन।

सीसँगको वार्तापछि बाइडेनले पत्रकार सम्मेलन गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077