Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • युएईद्वारा नेपाललाई २६४ रनको लक्ष्य

    युएईद्वारा नेपाललाई २६४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 777
    SHARES

    काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २ सय ६४ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो ।



    युएईका लागि टिममा पुनरागमन गरेका रोहन मुस्तफाले सर्बाधिक ५३ रन बनाएका थिए । त्यस्तै मुहमद वासीमले ४४ र विरित्य अरविन्दले ४० रन बनाएका थिए ।



    त्यसैगरी नेपालका बलर गुलसन झाले २ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

    नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।

    युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार