Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • युएईका आयान खान बने एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाकै उत्कृष्ट खेलाडी

    युएईका आयान खान बने एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाकै उत्कृष्ट खेलाडी

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 927
    SHARES

    काठमाडाैं । युएईका लागि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेका आयान अफ्जल खान नेपालसँगको एकदिवसीय शृंखलाकै सर्बोत्कृष्ट खेलाडी बनेका छन् ।

    युएई र नेपालबीचको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले २–० ले आफ्नो पक्षमा पारेको छ । तर, बलिङ र ब्याटिङमा उत्कृष्ट छाप छाडेका आयानलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो ।



    उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । शुक्रवार भएको शृंखलाअन्तर्गत पहिलो खेलमा आयानले ४ विकेट लिएपछि नेपाल ८४ रनले पराजित भएको थियो । डेब्यू खेलमै उनले १० ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । शृङ्खलाको तीन खेलमा ३० ओभर बलिङ गरेका आयानले कुल १० मेडन राख्दै ७४ रन खर्चिए ।



    आज भएको निर्णायक खेलमा आयानले आठौँ नम्बरमा ब्याटिङ गरी ५४ रनको अविजित अर्धशतकीय पारी खेले ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार