Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पहिलो एकदिवसीयमा खेलमा नेपाल यूएईसँग नेपाल ८४ रनले पराजित

    पहिलो एकदिवसीयमा खेलमा नेपाल यूएईसँग नेपाल ८४ रनले पराजित

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 777
    SHARES

    काठमाडौं । पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो ।



    युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।



    अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेलेपनि नेपालले लक्ष्य पूरा गर्न सकेन ।

    एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु खेलाडी अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले ।

    यूएईका लागि आयान अफजल खनले सर्वाधिक ४ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन जोडेको थियो ।

    उसका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन जोडेका थिए ।

    शृंखलाअन्तर्गत दोस्रो खेल शनिबार हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार