Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसद्वारा थप पाँच बागीलाई पार्टीबाट निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले पाँच जना बागी उम्मेदवारलाई पार्टीको सदस्यता नरहने गरी कारवाही गरेको छ ।

पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनका प्रस्तावकलाई कारवाही अघि बढाएको हो ।

नेपाली कांग्रेसले विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि महासमिति सदस्य, हुम्लाका मंगलबहादुर शाही, क्रियासिल सदस्य धर्मेन्द्रप्रसाद यादव, महाधिवेशन प्रतिनिधिहरु रविन्द्रप्रसाद यादव, वीरेन्द्रप्रसाद यादव र बारा जिल्ला सदस्य रामएकवाप्रसाद यादव कारवाही गरेको हो ।

पार्टीले तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाई दिन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077